मनोज यादव सर्लाही,१९ मंसिर ।सर्लाहीको सदरमुकाम मलंगवामा स्थित गम्हरियामा आज मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नपा वडा न-११ गम्हरीया स्थित गंगा फ्युल सेन्टर(पेट्रोल पम्प )नजिक दिउँसो करिब सवा १२ बजे ना ४३ प ५६९१ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही नगरपालिका वडा न–७ गणेशिया घरभएका अन्दाजी ५५ वर्षिय धरिक्षण […]
न्यूज मधेश समाचारदाता राजविराज,१९ मंसिर।सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बुधबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । कङ्कालिनी ३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर […]
न्यूज मधेश समाचरदाता जनकपुरधाम,१९ मंसिर। नेपाल–भारत विद्युत व्यापार र देशभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरणका लागि धनुषाको ढल्केबरमा निर्माणाधीन ४ सय केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । देशभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन […]
न्यूज मधेश समाचारदाता सिमरा,१९ मंसिर ।लागु औषधको नशाबाट मुक्त भएको खुसियालीमा पूर्व लागुऔषधकर्ताले नयाँ जिवनस्वरुप उत्सव मनाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ईरशाद खानले आफु नशाबाट मुक्त भई नयाँ जिवन सुरु गरेको १० बर्ष पुगेको भन्दै सिमरास्थित नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा एक कार्यक्रम गरि उत्सव मनाएका हुन् । नयाँ गोरेटो पुर्नस्थापना […]
सोलिन्द्र चौधरी काठमाडौँ, १९ मंसिर।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालभर चिसो ह्वात्तै बढेको हो । काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रमा चिसो बढेको मौसमविदले जानकारी दिएको छ । महाशाखाले दिएको जानकारी अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । देशभरको अधिकांश क्षेत्रमा मौसम सफा रहे पनि केही क्षेत्रमा आंशिक बदली […]
न्यूज मधेश,महोत्तरी,१८मंसिर। महोत्तरीमा लागुऔषधसहित दुईजनालाई प्रहरीको नियन्त्रणमा लिएको छ। बुधबार बिहान ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका महोत्तरीको एकडारा गाउँपालिका वडा नं.३ का पप्पु मण्डल र रोशन कुमारलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरीले मण्डलको साथबाट प्रोमेथाजिन इन्जेक्सन ९८ पिस, बुप्रेनोरफिन ईन्जेक्सन सय पिस, डाईजिपाम ईन्जेक्सन सय पिस र इन्ट्राजेपाम ट्यावलेट […]
मनोज बनैता, सिरहा, १८ मंसिर। सप्तरीका इलाका प्रहरी कार्यालय हनुमाननगरका एक प्रहरी टोलीले बिना कारण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपास्थित निवासमा बुधवार दुई पटक खानतलासी गरेको छ । गाँजा फडानी अभियानको क्रममा प्रहरी टोली तोपा पुगेर केही स्थानीयहरुको बारीमा रहेको गाँजा बोट नष्ट […]
न्युज मधेस डेस्क जनकपुरधाम,१८ मंसिर ।अर्घाखाँची घर भई गुल्मी बस्दै आएका एक पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्। पत्रकार शिव सुवेदीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार पक्राउ गरेको हो। आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बुटवलकी १६ वर्षीया एक युवतीले किटानी जाहेरी दिएको चार दिनपछि सुवेदी पक्राउ परेका हुन्। सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला […]