१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

सप्तरीमा भन्सार छलिका विभिन्न अबैध समानहरु बरामद

न्यूजमधेश समाचारदाता राजविराज, २१ मंसिर । सप्तरीको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी सरसमानहरु बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाको एरिया ईलाका अन्तर्गत जिल्लाको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको समानहरु बरामद बिहिवार गरेको हो । ईलाका […]

नविन चौधरी जलेश्वर ,२० मंसिर । महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद भएको छ । सशस्त्र प्रहरी विओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वार्ड नं ६ धबौलीबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र एउटा म्यागजिन बरामद गरेको हो । इन्डियन ओरनान्स कम्पनीबाट २००५ सालमा बनेको ७.६५ एमएम पेस्तोल फेला […]

एजेन्सी, २० मंसिर । भारतको हैदरावादमा महिला चिकित्सकलाई जलाईएको घटनामा संग्लन चारजना अभियुक्तलाई भारतीय प्रहरीले इन्काउन्टर गरेको छ। कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो । तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित […]

संतोष रन्जितकार वीरगंज,२० मंसिर ।ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सम्मान एवम् बिदाई गरेको छ। पर्साबाट सरुवा भएर चितवन जानुभएका भट्टराईले वीरगंज बसाईको क्रममा वीरगंजको बिकास लगायत अन्य क्षेत्रमा खेलेको अहम भुमिकाको उच्च मुल्यांकन गर्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजका अध्यक्ष जयप्रकाश खेतानद्वारा आज दोसल्ला ओढाई तथा मायाको […]

मनोज बनैता/ फिरोज शेख सिरहा, २० मंसिर। सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा सम्पन्न इन्टर स्कुल टि – 20 क्रिकेट प्रतियोगिता अन्तर्गत विहिवार सम्पन्न फाइनल खेलमा श्री शारदा नमुना स्कुल लाई ३ विकेटले हराउदै लहान मनोकामना स्कुल तेस्रो पटक लगातार उपाधि उचाल्दै ह्याट्रिक गर्न सफल […]

संतोष रन्जितकार वीरगंज,२० मंसिर।बिगतका दिन देखि विवाद चल्दै आएको वीरगंज को क्ष्ऋए जग्गा विवादलाई लिएर स्थानीयले आन्दोलन सुरु गरेका छन् । स्थानीयहरुले सुक्खा बन्दरगाह अगाडी वीरगंज पोखरिया सडक अवरुद्ध गरी बिहिवार विहान ११ बजेदेखि देखी १ः३० बजेसम्म टायर बालेर प्रदर्शन गरेका हुन् । बन्दरगाह र एकीकृत जाँचचौकी बीचको रोक्का राखिएको ६२ बिघा जग्गाको फुकुवा गर्नु […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, २० मंसिर ।पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।“यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको […]

न्यूजमधेश समाचारदाता सिक्रोन,२० मंसिर।सिरहा जिल्लाको मिर्चैया नगरपालिका १२ स्थित सिक्रोनबाट पिरारी जाने अबरुद्ध रहेको बाटो स्थानीय युवाहरुको पहलमा मंगलबारदेखी सुचारु भएको छ। स्थानीय सरकारलगायत कुनै पनि निकायले चासो नदेखाएपछि युवाहरुको आर्थिक सहयोगमा सडक मर्मत गरेको स्थानीय युवा अरुन सहनीले जानकारी दिएको छ। सहनीले भने सिक्रोनबाट पिरारी जाने बाटो विगत ४ महिना भन्दा बढी दिन देखी […]