मनोज मोरबैता जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् । यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख । आफ्नै १७ वर्षिय भाईबाट बलात्कारको शिकार भएकी धनुषाकी एक १९ वर्षिय किशोरीले न्याय नपाएको गुनासो गरेकी छिन् । आफूलाई काकाको छोरा १७ वर्षिय श्याम महरा र अर्का नचिनेका अन्दाजी ३४÷३५ वर्षका व्यक्तिले जबरजस्ती करणी गरेको र आफूले न्यायको लागि अदालतको ढोका ढकढक्याउन गएको भएपनि न्याय नपाएको पीडित किशोरीले बताएकी […]
न्यूजमधेश डेस्क सिरहा,९ बैशाख । मिर्चैयाका शिवकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतले हत्या आरोपमा मिर्चैया नगरपालिका–७ निवासी २७ वर्षीय विष्णु यादव र मिर्चैया ९ निवासी २४ वर्षीय इन्द्रदेव यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतले जनाएको छ । मिर्चैया नगरपालिका–७ […]
संजय मिश्रा रौतहट,९ बैशाख । रौतहटको पश्चिमीभेगमा पर्ने फतुवा बिजयपुर बजारमा अहिले टिपर आतंक चलेको छ । तिब्र गतिमा बजारहुँदै दैनिक सैयौं टिप गिट्टी बालुवा ओसार्न थालेपछि बजारमा टिपर आतंक मच्चेको हो । अनियन्त्रित रुपमा बजारहुँदै टिपरको आवतजावतले दिनभरी धुलो उडेर आफ्नो पसलमा बस्ने अवस्था नभएको ब्यापारीहरुले गुनासो गरेका छन् । एकजना पुर्व सांसदको सहयोगमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ बैशाख । बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएको छ । धनुषा जिल्लाको माटिझिटकहिया–६ का रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् । जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्र्तगत सवै भन्दा […]
न्यूजमधेश डेस्क जनकपुरधाम , ७ बैशाख । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा भवन निर्माण मापदण्ड विपरीत संरचनाहरु निर्माणको काम तिब्र भएको पाईको छ । उपमहानगर र त्यहाँका कर्मचारीहरुले लापरबाही ढंगले घर नक्सा पास गर्ने गरेको कारण यहाँ बन्ने संरचनाहरु मापदण्ड विपरीत भएका हुन् । उपमहानगरपालिकाका ईन्जिनियर विरेन्द्र यादवले लापरबाही ढंगले घर नक्सा पास गर्ने गरेको कारण विगत […]
कमलेश ठाकुर जनकपुरधाम,७ बैशाख । गएको चैत ३१ गते सिरहाको कल्यानपुर नगरपालिकामा तालाबन्दी भयो । नगरपालिकामा ताला लागेको एकसाता भइसक्दा पनि अझै ताला खुलेको छैन । नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले नै कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासविरुद्ध नगरपालिकामा तालाबनदी गरेका हुन् । नगर प्रमुख र […]
सूर्य नारायण विक वीरगञ्ज ,७ बैशाख । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले गरेको निर्णय ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै भएको छ । जिल्लाभर भीडभाड हुने गरी जमघट, खेलकुद, सभा समारोह, भोजभतेर लगायतका कार्यक्रमहरु आयोजना नगर्ने÷नगराउने, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा धेरै भेला हुन नदिने डिसिसिएमसीले निर्णय गरेको थियो । तर […]