०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

जनकपुरको मेयर जितेका स्वतन्त्र उम्मेदवार साहले भने : म कांग्रेस नै हुँ

श्रवण देव जनकपुरधाम,११ जेष्ठ। पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार नेपाली कांग्रेसकै विजय र्‍यालीमा सहभागी भए । उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्‍यालीको अग्रपंक्तिमा थिए । कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको […]

न्यूजमधेश डेस्क दैलेख,११ जेठ। दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो । बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् । बस यात्रुले खचाखच भरिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ जेष्ठ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजको माग गर्दै युवाहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । बुधवार युवाहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै जनकपुरको शिव चौकमा प्रदर्शन गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा […]

न्यूजमधेश डेस्क बर्दिया ,११ जेष्ठ ।मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाँसगढी नगरपालिका–२ मदाहाका २५ वर्षीय आशिस चौधरीको बुधबार मृत्यु भएको हो। मधुवन नगरपालिका–४ मख्खनचोक स्थित हुलाकी सडक खण्डमा ढोढरीदेखि भुरीगाउँतर्फ जाँदै गरेको लु ६२ प ४७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दिउँसो ३ बजे दुर्घटना भएको […]

राजकरण महतो काठमाडौं ,११ जेष्ठ । बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेर पुर्खौली जिल्ला महोत्तरीको शान बढाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताएका छन्। धार्मिक, साँस्कृति तथा ऐतिहासिक नगरि मटिहानी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण पछिको सभामा बोल्दै उनले यस्तो बताएका हुन्। काठमाडौंबासी जनताले मधेशी अनुहारलाई रोजेर हिमाल, पहाड, तराईको भावनात्मक सम्बन्ध देशैभरी प्रगाढ बनाएकोमा […]

न्यूजमधेश डेस्क काठमाडौं, ११ जेष्ठ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बलात्कारको घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका छन्। बुधबार कांग्रेसका नेतृहरूले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महंगी बढेको तथा सामाजिक अपराधका घटनाहरुमा न्याय निरुपण जटिल बनेको भन्दै गरेको ध्यानाकर्षणमा देउवाले हदम्याद तत्काल हटाउने प्रतिबद्धता जनाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी […]

राजेन्द्र महरा जनकपुरधाम,११ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका दिपिन देव यादव जनताको घरदैलोमा व्यस्त रहेको छ। उनी निर्वाचित भएपछी जनतालाई धन्यवाद दिनको लागि गाउँपालिकाको वडा नम्बर ४ खजुरीमा घर घर पुगेर मतदाताहरुलाई धन्यवाद दिदै जनताको समस्या बुझिरहेको छ। सो क्रममा अध्यक्ष यादवलाई सर्वसाधारण जनताहरुले फुलमाला ,अबिर र खादा लगाएर बधाई तथा सफल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ जेष्ठ ।सिरहाको धनगढीमाई नगरपालिका ७ मा वडाध्यक्ष पदमा निर्वाचित भएका राम भरोस महतोलाई बधाई दिनकै लागी जनमत पार्टीका अध्यक्ष डा सीके राउतले वडाकार्यलयमा पुगेका छन। उनलाई पार्टी अध्यक्ष डा राउतले उहाँको कार्यलयमै पुगेर बधाई तथा अगामी कार्यकालको शुभकामना दिएको छ।डा राउत सो वडाका समस्याहरुको बारेमा जानकारी लिएको छ।उक्त वडालाई विकास गर्नको लागि […]