१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

समाचार

भरत ताल हेर्न आन्तरिक पर्यटकको घुइँचो

न्यूजमधेश डेस्क सर्लाही ,१६ कार्तिक । यहाँस्थित मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ । चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको […]

मदन ठाकुर रौतहट ,१६ कार्तिक । रौतहटमा सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो। रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३३ वर्षीय रामनिवास यादवको मृत्यु भएको हो। सोमवार राति ८.१५ बजेको […]

न्यूजमधेश डेस्क महोत्तरी ,१६ कार्तिक । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको […]

न्यूजामधेश डेस्क रुपन्देही ,१५ कार्तिक । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसाला रुवाल विराकुनले आज लुम्बिनीमा कठिन चिवर दान गर्नुभएको छ । बौद्ध परम्पराअनुसार भिक्षुहरु तीन महिना वर्षवासमा बसेर निस्किएपछि गरिने पवित्र ‘कठिन’ उत्सवअन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको विशेष धार्मिक समारोहका बीच उहाँले भिक्षु सङ्घलाई कठिन चिवर दान गर्नुभएको हो । सार्कका […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ कार्तिक । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ कार्तिक। काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन । काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक […]

मिथिला कप क्रिकेट प्रतियोगितामा आज (आइतवार) छिन्नमस्ता क्रिकेट टिम र रन्जीतपुर क्रिकेट टिम बीच भएको खेलमा छिन्नमस्ता बिजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा छिन्नमस्ता टस जितेर फिल्डीङ राेजेपश्चात रन्तजीपुरले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५२ रन बनाए । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ कार्तिक ।धनुषा जिल्लाको सबैला नगरपालिकामा विभिन्न शीर्षकमा भ्रष्टाचार भएको भन्दै स्थानीयवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएका छन् । भ्रष्टाचारविरुद्ध संघर्ष समितिले सबैला नगरपालिकाका नगर प्रमुख विजयशंकर प्रसाद साहलगायतले आर्थिक वर्ष ०७४/०७५ देखि हालसम्म नगरपालिका गरेको विभिन्न कार्य योजनाको किताब र कार्य सम्पन्न योजनाको किताब लगायतका […]