०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

सङ्घीय निजामती सेवा विधेयक पारित

न्यूजमधेश सम्बादाता काठमाण्डू, १५ असार । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद रहने व्यवस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सत्तापक्षकै केही सांसदको असहमतिका बीच निजामती सेवासम्बन्धी विभिन्न नयाँ प्रावधान समेटिएकोे उक्त विधेयक समितिबाट पारित भएको घोषणा गरियो । […]

न्यूजमधेश सम्बादाता अत्तरिया, १४ असार। कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् । सो समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १४ असार। प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, १४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गा संरक्षण गर्न गुठी विधेयक पुनःफिर्ता ल्याउने बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उपसमितिले बुझाएको तयार पारेको पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन मस्यौदा अध्ययन प्रतिवेदनमाथि छलफलमा उहाँले गुठीको जग्गा संरक्षण गर्न गुठी विधेयक ल्याएको […]

न्यूजमधेश सम्बादाता कैलाली, १४ असार ।धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो । […]

न्यूजमधेश सम्बादाता रौतहट, १४ असार। राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ः०० बजे बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका […]

न्यूजमधेश सम्बादाता वीरगञ्ज, १३ असार  । कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ ।स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् । शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ।उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला […]

न्यूजमधेश सम्बादाता चितवन, १३ असार । पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट […]