१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

आजदेखि जनकपुरमा दोस्रो बेटी सम्मेलन

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२७ माघ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सोमवारदेखि बेटी सम्मेलन हुने भएको छ । ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ मुल नाराका साथ जनकपुरमा दोस्रो बेटी सम्मेलन हुन लागेको हो । मुलधार महिला सेवा केन्द्र उदयपुरको आयोजनामा सोमवार जनकपुरको मशाला कटेजमा सुरु हुने दोस्रो बेटी सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनबारे जानकारी […]

जोगिन्द्र मण्डल साउदी,२६ माघ।बिश्व भरी छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साऊदी अरबले रास्तनुरामा क्षेत्रीय समिति बिस्तार गरेको छ। गत शुक्रबार संघको साउदी अध्यक्ष निर्मल मण्डल र सह अध्यक्ष उपेन्द्र अधिकारीका उपस्थितिमा जनार्धन यादबको अध्यतामा ११ सदस्य क्षेत्रिय समिति चयन गरेको छ।समितिको उपाध्यक्षमा मनोज कुमार साह र सचिवमा अमित कुमार साहलाई चयन […]

न्यूजमधेश सम्बादाता सिरहा,२६ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन मुस्लिम जनमत संघ सिरहा गठन भएको छ। शनिबार एक कार्यक्रमको विच जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज राजकुमार यादव ( त्यागी बाबा) को प्रमुख आतिथ्यमा मोहम्मद मेहरे आलमको अध्यक्षतामा १७ सदस्य मुस्लिम जनमत संघ सिरहा गठन भएको युवा नेता पंकच सिंहले जानकारी […]

न्यूजमधेश सम्बादाता कलैया, २६ माघ ।परवानीपुर गाउपालिका द्वारा आयोजित जेष्ठ नागरिक तथा पूर्ण अपांगहरुलाइ सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल द्वारा जेष्ठ नागरिक लाई हर्लिस , हटकेस र कम्बल वितरण गरि सम्मान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले समाजमा अहिलेपनि जेष्ठ नागरिक, आपाङहरुलाई […]

न्यूजमधेश सम्बादाता राजविराज,२५माघ।डा.सीके. राउत नेतृत्व जनमत पार्टीका सप्तरीकाे अग्निसाईर कृष्णासवरण गाउँपालिकामा गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । शनिबार शेखर यादवकाे नेतृत्वमा ३१ सदस्य तदर्थ समिति गठन गरिएको हाे । अजय यादवकाे अध्यक्षतामा आयाेजना गरिएको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेसी, जनमत पार्टी सप्तरीका संयाेजक चन्देश्वर मण्डल (किशान), युवा जनमत […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,२४माघ।राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् । नख्खु कारागारमा राजस्व चुहावटको मुद्दामा जेल भुक्तान गरिरहेका रमेश दाहाललाई भनसुन गरेर छुटाइदिन्छु भन्दै परिवारबाट ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका हुन् । दाहालसँग अदालतले २ […]

न्यूजमधेश सम्बादाता रौतहट,२४ माघ।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ। अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो। २९ कात्तिकमा रौतहत जिल्ला अदालतका […]

न्यूजमधेश सम्बादाता काठमाडौं,२३माघ।जारी शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार सरस्वति युवा क्लब विरुद्ध ६–१ गोलको फराकिलो जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा ५ गोल थप्यो । मछिन्द्रका लागि दीपक राई, विशाल राई, देवेन्द्र तामाङ, सोमिडे ओलाउवाउन्मी र […]