न्यूजमधेश समाचारतादा जनकपुरधाम, २४ पुस । राष्ट्रियसभाका सदस्य वृशेषचन्द्र लालले संचार क्षेत्रले अधिकारको प्रयोग अनुशासित भएर गर्नुपर्ने धारणा राखेका छन् । त्यसका लागि संचारजगतले स्वतन्त्र रुपमा कुनै पनि कुराको चिरफार र विश्लेषण गर्न पाउनुपर्ने बताएका हुन् । जनकपुरमा बिहीबार मिडिया काउन्सिल विधेयकको सम्बन्धमा आयोजित सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्ने […]
न्यूजमधेश समाचारदाता राजविराज, २४ पुस।डा सिके राउत नेतृत्वको जनमत पार्टीको राजविराज नगरपालिका वडा नम्बर १४ परसाहिमा वडा स्तरीय युवा जनमत संघ र वडा एकाई तदर्थ समिति बिहिवार गठन गरिएको छ । कृष्णदेव मण्डलकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा हरेकृष्ण मण्डलकाे नेतृत्वमा २१ सदस्यीय वडा एकाई तदर्थ समिति गठन गरिएको छ । यसै गरी उपाध्यक्षमा कृष्ण देव […]
न्यूजमधेश समाचारदाता गलेश्वर,२४ पुस। म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरोकारवालाको टोलीले तीनबुँदे समझदारीसहित एक संयुक्त समिति गठन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र […]
न्यूजमधेश समाचारदाता काठमाडौं,२४ पुस ।प्रहरीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार नक्कली नेपाली नोटसहित गोंगबुबाट कोवीराम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर राना मगर, डोटी पूर्वीचौकी ३ का आर्यन खड्का, धनकुटा छत्र जोरपटी ३ का छत्रबहादुर लिम्बू […]
अजित भुजेल बिरगंज ,२४ पुस।खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साको आयोजना र बिरगंज उद्योग बाणिज्य संघको आयोजनामा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार भेला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिरगंज उद्योग बाणिज्य संघको सभाहलमा बिहीबार डिभिजन कार्यालय बिरगंज पर्साका प्रमुख रत्नकान्त झाको सभापतित्वमा तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको प्रमुख आतिथ्य […]
मनोज बनैता, लहान, २३ पुस । लाहान नगरको अधिकतम सेवाग्राहीको मन जित्न सफल एन आई सी एसिया बैंक ले सेवाग्राहीको चाहनाको कदर गर्दै पुनः नयाँ योजना ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि ” भन्ने मुल नारा को साथ बैंकले न्यु सुपर चम्तकारिक योजना ल्याईएको छ । नयाँ बर्ष सन् २०२० […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२३ पुस।गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहको सम्झनामा धनुषाको रघुनाथपुरमा करिव ४५ लाखको लागतमा स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टर भवनको समुदघाटन गरिएको छ । सवैला नगरपालिकाको वडा नं. १२ रघुनाथपुरको उतिमपुर टोल स्थित करिव ३ कठ्ठा जमिनमा रहेको स्वास्थ्य चौकी प्राङ्गणमा प्रदेशसभा सदस्य डा. मनोज कुमार सिंहको संसदिय विकास कोषवाट ४५ लाखको लागतमा बर्थिङ्ग […]
सन्तोष यादव जनकपुरधाम,२३ पुस ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै भएको कुटाकुट घटनाले उग्ररूप लिन थालेको छ। उपमहानगरपालिकाका कर्मचारी र जनकपुरका केही पत्रकार एकअर्कालाई दोषी देखाउँदै सम्बन्धित निकायसँग कारबाहीको माग गरेको हो। बुधबार उपमहानगरपालिकाका सबै कर्मचारी कार्यालय परिसरमै धर्ना बसेका छन्। उनीहरू जनकपुर निकालेर जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएका […]